काठमाडौँ : साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अङ्क घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २८.६८ अंक घटेर १९७२.०९ विन्दुमा पुगेको छ। त्यसैगरी,आज सेन्सेटिभ इण्डेक्स ४.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम १० करोड बढीको शेयर किनबेच भएको छ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। आज १७ कम्पनीको मूल्य बढेको छ भने २२० कम्पनीको मूल्य घटेको छ तथा बाँकी ११ कम्पनीको मूल्य स्थिर रहेको छ। आज २ कम्पनीको शेयर सर्किट लागेको छ जसमा बोटलर्स नेपाल (बालाजु) र मनकामना स्मार्ट लघुवित्त रहेका छन्। त्यस्तै, जोशी हाइड्रोपावरको शेयर मूल्य भने सर्वाधिक १० प्रतिशत घटेको छ।
हिजो २ अर्ब ३ करोडको शेयर किनबेच भएको नेप्सेमा आज ३०९ स्टकको ४८ हजार ३ सय ४९ पटकको कारोबारमा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ७४ लाख ४६ हजार कित्ता शेयर किनबेच भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ तथा विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।



