२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

नेप्सेमा झिनो अङ्कको गिरावट, २ अर्बको कारोबार

images

  • २०८० फागुन १६, बुधबार
  • 1.3K
    SHARES
  • नेप्सेमा झिनो अङ्कको गिरावट, २ अर्बको कारोबार

    काठमाडौँ : साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ।

    कारोबार रकमका आधारमा आज  सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थान १२ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ८ करोडभन्दा बढी तथा बोटलर्स नेपाल (तराई) को कारोबार रकम ७ करोड बढीको  शेयर किनबेच भएको छ। 

    नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। हिजो १ अर्ब ८६ करोडको शेयर किनबेच भएको बजारमा आज ३०८ स्टकको ४१ हजार ६७९ पटकको कारोबारमा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ बराबरको ५१ लाख १५ हजार कित्ता शेयर किनबेच भएको छ।

    १३ उपसमूहमध्ये आज ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। आज ७१ कम्पनीको मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ तथा बाँकी ७ कम्पनीको मूल्य स्थिर रहेको छ। 

    व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.९६ प्रतिशत र लगानी उपसमूहको परिसूचक १.०५ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.११ प्रतिशत घटेको छ।

    आज ४ कम्पनीको शेयर सर्किट लगेको छ जसमा बिशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र बिपिडब्लु लघुवित्त वित्तीय संस्था रहेका छन् भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ६.२० प्रतिशत घटेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ