२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
वाफ महिला च्याम्पियनसिप

लेबनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, अब उपाधिका लागि जोर्डनसँग खेल्ने

images

  • २०८० फागुन १६, बुधबार
  • 796
    SHARES
  • लेबनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, अब उपाधिका लागि जोर्डनसँग खेल्ने

    काठमाडौँ : नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ। नेपालले अब भोलि उपाधिका लागि जोर्डनसँग खेल्नेछ।

    हिजो लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। मङ्गलवार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा नेपाल १–० ले पछि परेको अवस्था उल्ट्याउँदै फाइनल यात्रा तय गरेको हो। 

    खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो। त्यसअघि खेलको ७६ औँ मिनेटमा सावित्रा भण्डारीले  साम्बाले  गोल गरेकी हुन्। पहिलो हाफको ३८औँ मिनेटमै लेबनानको गोल भएको थियो। 

    यसअघि जोर्डनले मङ्गलवार नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो। नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ