असोज ६,काठमाडौँ : मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी भएकाे छ।
मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका मन्दिर देखि उत्तरतिरको बजार क्षेत्रमा शुक्रबार मध्यरातीदेखि सुरु भएको आगलागी शनिबार बिहानसम्म नियन्त्रणमा आएको छैन।
उक्त क्षेत्रमा आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएको र आसपासमा रहेका अन्यघरहरु पनि आगलागीको जोखिममा रहेको प्रहरी जानकारी दिनुभयो।
उक्त आगलागी नियन्त्रणमा ल्याउन नेपाल प्रहरी,शसस्त्र प्रहरी बल,नेपाली सेना ,नगर प्रहरी र स्थानियहरु र परिचालन गरिएको प्रहरीले जानकारी दिनुभयो।



