२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सुनचाँदी

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८० फागुन १३, आइतबार
  • 1.2K
    SHARES
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : साताको पहिलो कारोबार दिन आज आइतवार सुनचाँदी दुवैको मूल्य बढेको छ। शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

    यसै गरी, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ भने हिजो बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।

    त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ भने शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो। 
      
    अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २०३५ .५७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२.९५ डलरमा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ