काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्सले पहिलो पटक लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड छ भने बोनसपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख पुग्ने छ।
साथै इन्स्योरेन्सले बोनस शेयर वितरणपश्चात् कायम चुक्ता पुँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने पनि घोषणा गरेको छ। बीमा प्राधिकरणले हकप्रद स्वीकृत गरेपछि, साधारण सभाले पारित गरेपछि र नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्कासन गर्ने छ।



