२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सेयर बजार: १६ अंकले बढ्यो नेप्से

images

  • २०८० असोज २, मंगलबार
  • 1.6K
    SHARES
  • सेयर बजार: १६ अंकले बढ्यो नेप्से

    असोज २,काठमाडौं :साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.२४ अंकले वृद्धि हुँदा १९८५.४३ को विन्दुमा रोकिएको छ।  दिनभरजसो उतारचढाव भएर रातो देखिएको बजार अन्तिम समयमा बढेर रोकिएको हो ।


     मंगलबार नेप्सेसँगै कारोबार रकम पनि केही सुधार भएको छ । मंगलबार सेयर बजारलाई हाइड्रोपावर कम्पनीहरुले ड्राइभ गरेका छन् । हाइड्रोपावर उपसूचक सर्वाधिक ३.२१ प्रतिशतले वृद्धि भएको छ । व्यापार र होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचक बढेर बन्द भएका छन् । विकास बैंक उपसूचक १.४८ प्रतिशत र वित्त कम्पनी उपसूचक पनि १.९५ प्रतिशतले बढेको छ ।

    नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार नेप्से ४२ अंकको उच्च गिरावट हुँदा कारोबार रकम २ अर्ब नाघेको थियो । तर, सोमबार नेप्से ४.२६ अंकले बढेपनि कारोबार रकम भने १ अर्ब पनि पुगेन । मंगलबार भने कारोबार रकम बढेर १ अर्ब १७ करोड ६७ लाखको कारोबार भएको छ ।

    ५० हजार २९६ वटा कारोबारमा ४३ लाख ३६ हजार ५३८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

    मंगलबार कारोबार भएकोमध्ये रिलायबल लाइफ इन्स्योरेन्सको सर्वाधिक १० करोड ६४ लाखको कारोबार भएको छ । यस्तै ओरिएन्टल होटलको ४ करोड ११ लाख र एनआईसी एशिया बैंकको ३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    मंगलबार नेप्सेमा कुल २२८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ३६ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयरमूल्य स्थिर छ ।

    मंगलबार कारोबार भएकामध्ये शुभम् पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशत र मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

    यता इमर्जिङ नेपालको सेयरमूल्य ८ प्रतिशतले गिरावट हुँदा आरबीबी म्युचुअल फण्ड २ को इकाइमूल्य ५।६४ प्रतिशत र विशाल बजार कम्पनीको सेयरमूल्य ४.९७ प्रतिशतलेघटेको छ । यस्तै ५ प्रतिशत मात्रै नगद लाभांश दिने भएको ओरिएण्टल होटलको सेयरमूल्य पनि ३.५९ प्रतिशतले गिरावट भएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ