काठमाडौँ : आज तेस्रो तथा अन्तिम नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा- ११ बिच खेल मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे देखि सुरु हुदैछ।
यो खेल सिरिजको निर्णायक खेल हो। १-१ को बराबरी रहेको सिरिजमा यो खेलको विजेताले सिरिज जित्नेछ। पहिलो खेलमा क्यानडा- ११ ले नेपाल ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जितको थियो।
नेपाल ‘ए’ टिममा :
विनोद भण्डारी, आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया।



