२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

थुलुङ दुधकोशी–७ मा एकैसाथ ३ योजनाको उद्घाटन

images

सत्कार खबर
  • २०८० वैशाख २५, सोमबार
  • 7.1K
    SHARES
  • थुलुङ दुधकोशी–७ मा एकैसाथ ३ योजनाको उद्घाटन

     काठमाडौं : थुलुङ दुधकोशी गाँउपालिका वडा नं ७ मा नयाँ प्रशासनिक भवन उद्धघाटन गरिएको छ । आइतबार थुलुङ दुधकोशी गाँउपालिकाका अध्यक्ष असिम राईले उद्धघाटन गर्नु भएको हो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष राईले भौतिक विकासक्रम र सेवाप्रवाहका हिसाबले आफ्नो पालिका देशकै नमूना भएको बताउनु भएको छ । उहाँले जनप्रतिनिधिको सक्रियता र विकास निर्माणप्रतिको उत्कृष्ट चाहनाले अन्य स्थानीय तह भन्दा थुलुङ दुधकोशी उदाहरणीय बनेको दाबी गर्नु भयो ।

    उक्त उद्घाटन कार्यक्रममा गाँउपालिका उप प्रमुख सविता राई , प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा वडा कार्यलय भवनको लागि जग्गादाताहरु सोलाहाङ राई , नरभक्त राई ,आइसुर्य राई ,निर्माण व्यवसायी ललित राई , चुडामणि के सी हरिचन्द्र राई र पुर्व जन(प्रतिनिधिहरु राम संघर्ष किराती ,सदस्यहरु सरीता राई , बिष्णुमाया नेपाली ,काल्टुङ तामाङ र मिसन राईलाई सम्मान पत्र वितरण गरिएको थियो । वडा अध्यक्ष भोजराज कार्की को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक स्वास्थ्य ईकाईको भवन र ढाकाबुनाई तालिमको समेत उद्धघाटन गरिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ