२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि ढुंगामुढा

images

सत्कार खबर
  • २०८० वैशाख २५, सोमबार
  • 911
    SHARES
  • बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि ढुंगामुढा

     काठमाडौं : कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा भएको छ।सोमबार बिहान पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा गरेका हुन्।

    सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न जाँदा उनका आफन्तले प्रहरीमाथि ढुंगामुढा गरेका बताइएको छ । सोमबार बिहान ४ बजेतिर प्रहरी उनलाई पक्राउ गर्न गाउँमा पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव काफ्लेले जानकारी दिनु भयो ।

     उहाँका अनुसार घाइते प्रहरीको उद्धार र फरारलाई खोजी गर्न जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थल गएको छ। आरोपित बुढालाई प्रहरीले भेटाएर हत्कडी लगाई सदरमुकामतर्फ ल्याउँदै गर्दा आफन्तले ढुंगामुढा गरेका थिए ।

    गाउँलेहरूको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँतामा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुंगेल रावत र बलात्कार घटनाबाट पीडित परिवारका सदस्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । एसएसपी काफ्लेले घाइतेहरूको अवस्था सामान्य भएको बताउनु भयो ।

    बुढाले २०७९ असोज ३१ गते स्थानीय दलित महिलामाथि बलात्कार गरेको आरोप छ। कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले किटानी जाहेरी दिएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ