२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इङ्लिस प्रिमियर लिग : टोटेनह्यामसँग सेफिल्ड युनाइटेड पराजित

images

  • २०८० भदौ ३१, आइतबार
  • 766
    SHARES
  • इङ्लिस प्रिमियर लिग :  टोटेनह्यामसँग सेफिल्ड युनाइटेड पराजित

    भदौ ३१, काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपरले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।

    यो जितसँगै ५ खेलमा ४ मा जित र १ मा बराबरी सहित टोटेनह्याम १३ अङ्क जोडेर दोस्रो स्थानमा छ भने सेफिल्ड ५ खेलमा १ अङ्कका साथ १७ औँ स्थानमा छ।

    खेलको सुरुवातदेखि नै विपक्षी टोलीलाई दबाबमा राखेको टोटेनहमले गोल गर्न भने सकेको थिएन। खेलको ९८ औँ मिनेटसम्म १–० ले पछि रहेको स्थितिलाई उल्टाउँदै घरेलु मैदानमा टोटेनह्यामले २–१ को जित निकालेको हो।

    ब्राजिलियन फरवार्ड रिचार्लीसनले बेन्चबाट मैदान पसेर १ गोल र १ असिस्टको योगदान दिएपछि टोटेनहमको जित सम्भव भएको थियो ।

    थप गरिएको १२ मिनेट समयको नवौँ मिनेटमा रिचार्लिसनले इभान पेरिसिचको कर्नरमा हेडरमार्फत् गोल गरेका थिए। त्यसको २ मिनेटपछि उनकै पासमा डेजान कुलुसेभ्सकीले गोल गर्दै टोटेनह्यामलाई लगातार जित दिलाएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ