२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हेटाैँडामा डाक्टरमाथि कुटपिट गर्ने ४ जना पक्राउ

images

  • २०८० भदौ २८, बिहीबार
  • 1.5K
    SHARES
  • हेटाैँडामा डाक्टरमाथि कुटपिट गर्ने ४ जना पक्राउ

    भदौं २८, काठमाडौं : हेटौँडाका दुई चिकित्सकमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने ४ जनालाई मकवानपुर प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा तथा डा प्रशान्त बिराडीमाथि हिजो अस्पतालको एचडीयू वार्डमा बिरामीको उपचार गरिरहेको समयमा कुटपिट भएको थियो। उक्त घटनाको मकवानपुरका स्वास्थ्य क्षेत्रबाट व्यापक विरोध र आन्दोलन गर्ने भएपछि आज प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको हो।

    घटना विवरणअनुसार एक महिना अगाडि डेङ्गु रोगबाट सङ्क्रमित हेटौँडा –१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही गरेको भन्दै ती २ चिकित्सकमाथि बुधबार हातपात तथा कुटपिट भएको थियो।

    सञ्चो अस्पतालमा उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा सिफारिस गरिएको थियो। त्यहाँ मेडिकल कलेजमा डेङ्गु सङ्क्रमित प्रधानको उपचारका क्रममा मृत्यु भएको थियो।

    मृतक प्रधानका आफन्तको एक आक्रोशितसमूहले चिकित्सकमाथि हातपात गरेको थियो। कुटपिटमा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य २ जनालाई प्रहरीले आज पक्राउ गरेको बताइएको छ। साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले पनि आन्दोलित चिकित्सकसँगको छलफलमा कुटपिटमा संलग्नलाई कारबाही गर्ने आदेश दिनुभएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ