काठमाडौं : इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई चार विकेटले पराजित गरेको छ ।
सन्दीप शर्माको अन्तिम बलमा छक्का प्रहार गरेर अब्दुल समदले सनराइजर्स हैदराबादलाई जित दिलायका थियो । हैदराबादले यसक्रममा २ सय १५ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको हो ।
अन्तिम ओभरमा हैदराबादलाई जितका लागि १७ रन चाहिएको थियो । अन्तिम ओभरमा सन्दीप शर्माको पहिलो बलमै समदको क्याच छाडिएको थियो भने छैटौं बलमा पनि समदको क्याच लिइएको थियो, तर त्यो नो बल रह्यो । हैदराबादलाई अन्तिम बलमा चार रन आवश्यक थियो तर समदले छक्का प्रहार गरी हैदारबादले छ विकेटमा २ सय १७ रन बनायो । त्यस अगाडि राजस्थानले दुई विकेटमा २ सय १४ रन बनाएको थियो ।



