२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
ललिता निवास जग्गा प्रकरण

ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवाना

images

  • २०८० फागुन ३, बिहीबार
  • 966
    SHARES
  • ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवाना

    काठमाडौँ : ललिता निवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद सुनाइएको छ। न्यायाधीश खुसीप्रसाद थारुसहितको इजलासले बिहीबार गुरुङलाई २ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना सुनाएको हो।

    बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुराएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै मीनबहादुर सहितलाई दोषी ठहर गरेको हो। बालुवाटार जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका क्रममा गुरुङ लामो समय हिरासतमा बसेका थिए।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते तत्कालीन भौतिक योजना मन्त्री गच्छदार, तत्कालीन भौतिक पूर्वाधार सचिव दीपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्त्री द्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ