२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता

images

  • २०८० भदौ २७, बुधबार
  • 1.3K
    SHARES
  • विद्यालय शिक्षा विधेयक संसदमा दर्ता

    भदौं २७,काठमाडौं : सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गर्नु भएको हो। साउन १६ गते नै मन्त्रीपरिषद् बैठकले शिक्षा विधेयक संसदमा पेस गर्न दिएको विधेयक आज दर्ता भएको हो।


    प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रूपान्तरण हुने बाटो खुला गरिएको छ भने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ। उक्त विधेयक संशोधनबिना पारित भए राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मात्रै परीक्षा सञ्चालन गर्नेछ।

    यसैगरी, संसद्‌मा दर्ता गरिएको शिक्षा ऐन संशोधन विधेयक अनुसार अब माध्यामिक तहमा अध्यापन गराउने शिक्षकको शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने छ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ