काठमाडौं :संघीय संसदको अधिवेशन सुरु भएको छ । राष्ट्रिय सभाको चौथो र प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको हो ।
संघीय संसद भवनमा दुवै सदनको अधिवेशन सुरु भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्न्द्र पौडेलको आह्वानमा दुवै सदनको अधिवेशन सुरु भएको हो ।
प्रनिधिसभाको अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै केही सांसदहरुले बोल्न उठेर समय माग गरेका थिए । तर, सभामुख देवराज घिमिरेले अधिवेशन सुरु भएको जानकारीपछि समय दिने बताउनु भयो ।
यसपछि सांसदहरु बसेका थिए । यसपछि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र वाचन गरेर सुनाउनु भयो । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक चलिरहेको छ ।



