२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको छ : अर्थमन्त्री डा महत

images

सत्कार खबर
  • २०८० भदौ २५, सोमबार
  • 1.3K
    SHARES
  • नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको छ : अर्थमन्त्री डा महत

    काठमाडौँ, २५ भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको बताउनुभएको छ।

    विपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिले जननायक बिपी कोइरालाको एक सय १० औँ जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक विचार गोष्ठीमा’ बोल्दै उहाँले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेकाले यसलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

    उहाँले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभयो । अर्थमन्त्री डा महतले लुम्बिनी र पोखरा विमानस्थलभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले अबको चार वर्षसम्म काठमाडौँ–तराई द्रुत मार्ग बनिसक्ने र त्यही अवधिमा विमानस्थल पनि बनाइसक्ने बताउनुभयो । 

    अर्थमन्त्री डा महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको स्पष्ट पार्नुभयो । आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने उहाँको भनाइ थियो । अर्थमन्त्री डा महतले परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अझै सरकारले लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले निजी क्षेत्रले उत्पादन गरेकामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने बताउनुभयो ।रासस

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ