२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुस प्रस्थान

images

  • २०८० भदौ २५, सोमबार
  • 1.5K
    SHARES
  • उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुस प्रस्थान


    भदौ २५,एजेन्सी :उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन रुस प्रस्थान गर्नुभ एको छ।  । उहाँ चढेको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको हो । योनहापका अनुसार किमको रेल ‘छुटेको जस्तो’ देखिन्छ ।

    कोरोना भाइरसको महामारी सुरु भएयता विरलै आफ्नो देश छोड्ने र यात्रा नगरेका किमले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार सम्झौताबारे छलफल गर्ने अनुमान गरिएको छ ।

    अमेरिकी र अन्य अधिकारीहरूले हालै द न्यूयोर्क टाइम्सलाई बताएअनुसार किम पुटिनलाई भेट्न रूसको प्रशान्त महासागरीय तटमा पर्ने भ्लादिभोस्तोक जाने सम्भावना छ ।

    प्योङयाङको ऐतिहासिक सहयोगी रूस दशकौंदेखि उत्तर कोरियाको महत्वपूर्ण समर्थक थियो र उनीहरूको सम्बन्ध ७५ वर्षअघि उत्तर कोरियाको स्थापनादेखि नै रहेको छ ।

    उत्तर कोरियाली नेता किमले युक्रेनमा रुसी आक्रमणको समर्थन गर्दै आउनु भएको छ ।  
    गत जुलाईमा पुटिनले ‘युक्रेनविरुद्ध विशेष सैन्य कारबाहीका लागि प्योङयाङको दृढ समर्थन’ को प्रशंसा गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ