२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज

अनिल र भीमको कीर्तिमानी साझेदारीसँगै क्यानडाविरुद्धको शृंखलामा नेपालको ‘क्लिन स्विप’

images

  • २०८० माघ २९, सोमबार
  • 1.4K
    SHARES
  • अनिल र भीमको  कीर्तिमानी साझेदारीसँगै क्यानडाविरुद्धको शृंखलामा नेपालको ‘क्लिन स्विप’

    क्यानडामाथि क्लिन स्वीप गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज नेपालले आफ्नो हात परको छ।

    काठमाडौँ : एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ९ विकेटले जित गरेको हो। नेपालका ओपनर ब्याटर अनिल साह र भीम सार्कीले नटआउट १८९ रुनको कीर्तिमानी साझेदारी गरेका छन्।

    एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा ठूलो साझेदारी हो। यसअघि एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए।

    जितका लागि २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि अनिल साह र भीम सार्कीले शतक प्रहार खेलेका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दूबै खेलाडीको यो पहिलो शतक बनाएका हुन्। नेपालका लागि अनिल साहले ११२ रन र भीम सार्कीले १०१ रन बनाएका थिए तथा कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको हो। क्यानडाका लागि नभ्नीत धलिवालले ५० रुन, निखिल दत्तले ४५ रुन र साद बिन जफरले ३१ रन बनाएका थिए।

    बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए साथै कुशल मल्लले २ विकेट तथा ललित राजवंशी र आकाश चन्दले १/१ विकेट लिए। यस अघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

    यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु शृङ्खला खेल्नेछ। यो खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ। नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ