काठमाडौं : प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समिति पत्रिका, अनलाइन, रेडियो र टेलिभिजन शाखाले संयुक्तरुपमा वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संघठनलाई बलियो बनाउने उदेश्यका साथ प्रेस सेन्टर नेपालका केन्द्रीयअध्यक्ष विष्णु सापकोटा ९जुगल० को प्रमुख आतिथ्यतामा प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालय बबरमहलमा साधारणसभाको सम्पन्न भएको हो । केन्द्रीय पदाधिकारीहरुको अतिथि रहेको बार्षिक साधारण सभामा पत्रिका, अनलाइन, रेडियो र टेलिभिजन शाखाका
अध्यक्षहरुले आ–आफ्ना संघठनमा भएका समस्या र अबसरमा केन्द्रीत रहेर वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधारण सभाको प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) ले प्रेस सेन्टर नेपालका विभिन्न शाखाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर समस्या बुझ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष सापकोटाले मनतब्यका क्रममा संघठनले धेरै राम्रो काम गर्दै आएकोले संघठनको अवस्था बारे शाखाका पदाधिकारीहरुलाई निराश नहुन आग्रह गर्नुभयो । उहाँले प्रेस सेन्टर नेपालको सबै शाखाहरुलाई केन्द्रीय साधारणसभाको तयारीको लागि जुट्न अनुरोध गर्दै बार्षिक साधारण सभाको उपलक्ष्यमा शुभकामना दिनुभयो ।
प्रेस नेपाल प्रतिष्ठान प्रदेश समिति, पत्रिका शाखाको सचिव हरि जिज्ञासुको सभाध्यक्षतामा सुरु भएको वार्षिक साधारण सभा कार्यक्रमको सहजिकरण पत्रिका शाखाको अध्यक्ष अम्बिका पौडेले गर्नुभएको थियो ।



