२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

५४ तोला सुन र ८ केजी चाँदीसहित तीनजना पक्राउ

images

सत्कार खबर
  • २०८० वैशाख २४, आइतबार
  • 521
    SHARES
  • ५४ तोला सुन र ८ केजी चाँदीसहित तीनजना पक्राउ

     काठमाडौं : कोशी प्रदेश प्रहरीले ५४ तोला सुन र आठ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ ।  विराटनगरको रानी नाकाबाट भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र आठ केजी चाँदीसहित भारतीय नागरिक ६१ विनोद कुमार मुरारका, उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका विनोद दुगड ग्रुपका लेखापाल रहेका खुलेको छ ।  उनी आफ्नो घर भारतको विहार कटिहार जान लागेका थिए ।

    तर, उनीहरूलाई प्रहरीले अवैध सुनचाँदी र ७ लाख ९५ हजार २८९ भारतीय रुपैयाँ पनि बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको छ ।
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ