भदौ १९,काठमाडौं : कारागारबाट तीन दिन अघि मध्यराति पर्खाल नाघेर फरार भाइ नाइके ३० वर्षीय अजित बुढा क्षेत्रीको खोजीका लागि दैनिक रूपमा साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले फरार अजितको खोजीका लागि दैनिक रूपमा साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन हुँदै आएको जानकारी दिनु भएको छ ।
‘भागेदेखि नै व्यापक सुरक्षाकर्मी परिचालन गरी खोजी भइरहेको उहाँले बताउनु भएको छ । , ‘वन रक्षक लगायत सिमाना पारीका इण्डियन प्रहरीसँग पनि समन्वय भई खोजी भइरहेको उहाँको भनाई छ ।
दुई देशबीचका मुख्य मुख्य चेक प्वाइन्टहरूमा र नेपाल तर्फका सबैतिर सम्भावित ठाउँहरूमा स्थानीयलाई समेत सूचना दिन भागेका भाइ नाइके अजितको खोजी भइरहेको एसपी शाहीले बताउनु भयो ।



