२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८० भदौ १८, सोमबार
  • 626
    SHARES
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

     भदौ १८,काठमाडौं :  नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको बजार मुल्य तय गर्दै हिजो तोलामा सय रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको जनाएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ ।

    हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ थियो ।

    सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले हिजो आइतबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो ।
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ