२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुन प्रकरणमा महरा संलग्न भएको पुष्टि भए सरकारले कारबाही गर्छ : गृहमन्त्री श्रेष्ठ

images

  • २०८० भदौ १६, शनिबार
  • 831
    SHARES
  • सुन प्रकरणमा महरा संलग्न भएको पुष्टि भए सरकारले कारबाही गर्छ : गृहमन्त्री श्रेष्ठ


    भदौं १६,काठमाडौं:उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताउनु भएको छ ।  शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको विशेष अभियानको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु  भएको हो । 

    माओवादीको नेतृत्वमा सरकार भएकाले आफूहरूलाई जोगाएर विपक्षीलाई मात्र कारबाही गर्ने हो कि भन्ने शंका गरेको पाइएको भन्दै उहाँले जुनसुकै तह, जुनसुकै पार्टीको र जोसुकै भए पनि कारबाही गरेर छाड्ने दाबी गर्नु भएको छ ।

    ९ किलो सुन प्रकरणमा माओवादीको नेता जोडिएको कुरा आएको छ । जोसुकै होस्, जुनसुकै पार्टीको नेता होस् अपराधमा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैन’, उहाँले ‘माओवादीको नेतृत्वमा सरकार भएकाले आफूलाई चोख्याउँछ कि भन्ने शङ्का गरेको पाएको छु ।

    कुनै शङ्का नगरे हुन्छ, कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले छाड्दैन ।’

    शान्ति प्रकियामा आएपछि माओवादी पनि बिग्रिएको स्वीकार गर्दै अब अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द हुँदै पार्टीलाई रूपान्तरण गर्ने उहाँको भनाई  छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ