काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन। शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको एक नेताले जानकारी दिनु भयो।
सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन खोजिरहेको थियो। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो। यसअघि रास्वपाले सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डा हटाएको भन्दै आपत्ति जनाउँदै आएको थियो ।
रास्वपाको सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सांसद पद गएको थियो। त्यसपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थन फिर्ता लिएको थिएन।



