२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विश्वकप छनोटमा नेपालद्वारा मलेसियालाई ८५ रनको लक्ष्य

images

  • २०८० भदौ १४, बिहीबार
  • 826
    SHARES
  • विश्वकप छनोटमा नेपालद्वारा मलेसियालाई ८५ रनको लक्ष्य

    भदौ १४, काठमाडौं : आजबाट सुरु भएको महिला टी-ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ। 

    मलेसियाको बायोमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनायो। नेपालका लागि ओपनर सिताराना मगरले अविजित ३८ रन, अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

    बलिङमा मलेसियाकी एना हमिजाले २ विकेट लिईन्।

    महिला टी-ट्वान्टी विश्वकपमा ११ राष्ट्रको सहभागीता रहेका छन्। जसमा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई रहेका छन् भने समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार  रहेका छन्। 

    हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।

    नेपालको प्लेइङ–११ : रुविना क्षेत्री बेलबासे (कप्तान), सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, अश्मिना कर्माचार्य र खुसी डङ्गोल । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ