२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हेलिकप्टर दुर्घटना अपडेट: एकको मृत्यु, चार जना घाइते

images

सत्कार खबर
  • २०८० वैशाख २२, शुक्रबार
  • 496
    SHARES
  • हेलिकप्टर दुर्घटना अपडेट: एकको मृत्यु, चार जना घाइते

    काठमाडौं :- संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले जानकारी दिनु भएको छ ।

    उपचारका लागि काठमाडौं लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको छ । गुरुङको मृत्यु भएपछि संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको हो । गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेलसहित तीनजनालाई उपचारका लागि काठमाडौैं ल्याइएको संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनु भयो । क्याप्टेन पौडेलको टाउकोमा चोट लागेको बताइएको छ । क्याप्टेनसहित हेलिकोप्टरमा पाँचजना सवार थिए । सिम्रिक एयरको हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएको थियो ।

    बिहीबार संखुवासभामै पार्क भएको उक्त हेलिकोप्टर आज अपर अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर निर्माणस्थल जाँदै थियो । हेलिकोप्टर दिउँसो १ बजेबाट एयर ट्राफिकसँग सम्पर्क टुटेको थियो । त्यसको केही समयपछि भोटखोला गाउँपालिका ४ सिब्रुङमा दुर्घटनामा परेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ