२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अदालतले निलम्बन गरिदियो इमरान खानको जेल सजाय

images

  • २०८० भदौ १२, मंगलबार
  • 721
    SHARES
  • अदालतले निलम्बन गरिदियो इमरान खानको जेल सजाय

    भदौ १२, काठमाडौं :पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय एक उच्च अदालतले निलम्बन गरिदिएको छ ।   

    द डन समाचार पत्रका अनुसार इस्लामावाद उच्च अदालतले मंगलबार खानको कैद सजाय निलम्बन हुने फैसला गरेको हो।  मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले राजकीय उपहारको व्यक्तिगत रूपमा प्रयोग गरेको अभियोगमा यसअघि इस्लामावादको ट्रायल कोर्टले गरेको आदेश निलम्बन गरेको हो। 

    पाकिस्तानको निर्वाचन आयोगले हालेको मुद्दामा सुनुवाइ गर्दै ट्रायल कोर्टले इमरानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। उक्त आदेशसँगै इमरान जेल गएका थिए भने पाँच वर्षसम्म चुनाव लड्न अयोग्य भएका थिए । उक्त आदेशविरूद्ध इमरानले उच्च अदालतमा पुनरावेदन दिएका थिए। पाकिस्तानमा केही महिनामै आमनिर्वाचन हुँदैछ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ