२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मन्त्री क्वाटरमा बस्न सधैं लिगलिगे दौड हुन्छ : प्रधानमन्त्री दाहाल

images

  • २०८० भदौ १०, आइतबार
  • 1.5K
    SHARES
  • मन्त्री क्वाटरमा बस्न सधैं लिगलिगे दौड हुन्छ : प्रधानमन्त्री  दाहाल

     भदौ १०, काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहालले पुल्चोकस्थित मन्त्री क्वाटरमा बस्नका लागि सधैं लिगलिगे दौड हुने गरेको  बताउनु भएको छ । भैँसेपाटीमा आयोजित प्रमुख र मुख्यमन्त्रीका लागि तयार गरिएको सरकारी निवास हस्तान्तरण कार्यक्रममा बोल्दै  उहाँले यस्तो बताउनु भएको  हो । उहाँले संघीय मन्त्रीका लागि पनि मन्त्रालयपिच्छे एक भवनको आवश्यकता रहेको उहाँको भनाई छ । 

    मन्त्री बनेपछि पुल्चोकस्थित मन्त्री क्वाटरमा को पहिला बस्न जान्छ भनेर लिगलिग दौडजस्तो हुन्छ। कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका भवनहरू बनेपछि यहाँ लिगलिगे दौड गर्न परेन। जो–जो मुख्यमन्त्री वा प्रदेश प्रमुख बन्नुहुन्छ उहाँहरू बस्नुहुन्छ,ु उहाँले  भन्नु भयो, त्यसरी नै संघीय मन्त्रीको क्वाटर पनि बन्दैछ। त्यहाँ पनि लिगलिगे दौड हुने वातावरण बन्द गरिदिनु हुन सहरी विकास मन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु,।

    प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि निर्मित भवनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागतमा टेवा पुगेको  बताउनु भयो । हामीमाथि अहिले पनि संघीयता कार्यान्वय भएन भन्ने प्रश्नहरू तेर्सने गर्छन्। यो भवनहरूको उद्घाटनले संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत किन गरिनस् भन्नेहरूलाई यो भवन उद्घाटन जवाफ हो, उहाँले भन्नु भयो ।
    उहाँले सरकारको प्राथमिकता स्थायित्व र सुशासन रहेको बताउनु भयो ।

     ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलको कार्यालय आज मुद्दा दर्ता गरेको बताउँदै प्रधानमन्त्री दाहालले सुशासनमा सरकारको एक कदम अघि बढ्ने दिन भएको बताउृनु भयो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ