काठमाडौं :संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार क्याप्टेन सुरेन्द्र पौडेल सकुशल रहेको जानकारी दिनु भएको छ । उहाँलाई सामान्य चोट मात्रै लागेको र उपचारका लागि नजिकैको स्वास्थ्य चौकीमा लगिएको पौडेलको भनाइ छ ।
संखुवासभाका भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो । तर विस्तृत विवरण नआएको र घटनास्थलमा प्रहरीको टोली पठाइएको प्रहरीले जनाएको छ । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ, ।



