२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गण्डकी गाउँपालिकाद्वारा गर्भवती तथा दीर्घ रोगीको निःशुल्क स्वास्थ्य बीमा

images

  • २०८० माघ २३, मंगलबार
  • 1.3K
    SHARES
  • गण्डकी गाउँपालिकाद्वारा गर्भवती तथा दीर्घ रोगीको निःशुल्क स्वास्थ्य बीमा

    गोरखा : गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घ रोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घ रोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिम्सिनाले जानकारी दिनुभयो।

    “पालिकाले दीर्घ रोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ।” गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको छ। 

    आग्री डाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलब्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको उहाँको भनाइ छ। कार्यक्रम सुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घ रोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदै जाने प्रमुख तिम्सिनाले जानकारी दिनुभयो।

    “कार्यक्रमबाट गर्भवतीको सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्योपचारमा खर्च न्यूनीकरण हुनेछ”, उहाँले भन्नुभयो, “नियमित रूपमा औषधि सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घ रोगीका लागि कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ।”

    गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घ रोगी छन्। दीर्घ रोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो। कार्यक्रम अब निरन्तर चल्नेछ। बीमा गर्दा गर्भवती तथा दीर्घ रोगीका परिवारका पाँच जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ