साउन ३० ,काठमाडौं: अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताउनु भएको छ ।
आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा यस्तो बताउनु भएको हो । अर्थमन्त्री डा.महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।
कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको असरपछि असरलगायतका कारण अर्थतन्त्र समस्यामा परेको भए पनि सुधारका लागि सबै क्षेत्रबाट सकारात्मक धारणा बन्दै जानुपर्ने र यसो हुनसके मात्रै अपेक्षित लगानी आउन सक्ने अर्थमन्त्री महतको भनाइ छ ।
निजी क्षेत्रका छाता संस्था र तिनका पदाधिकारीले अर्थतन्त्रको अवस्थाबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै यसका लागि सुझाव दिनु भयो । निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भएको र सरकारले आन्तरिक उत्पादन बढाउने नीति लिँदा पनि निजी क्षेत्रले यसको लाभ लिन नसकेको उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षका लागि सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न पनि अर्थमन्त्री महतले देशभरका राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।
कर प्रणाली सुधारका लागि कर्मचारीको सम्पूर्ण ध्यान जानुपर्ने, करको दायरामा आउन नसकेका व्यवसायलाई करको दायरामा ल्याउन सक्नुपर्ने, करदातालाई सोसम्बन्धी शिक्षा दिनुपर्ने, कर प्रशासनका कर्मावको राजस्वको लक्ष्य सजिलै भेटिनेमा उहाँले विश्वास व्यक्त गर्नु भयो ।
‘



