२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी

images

  • २०८० माघ २१, आइतबार
  • 591
    SHARES
  • जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी

    जलेश्वर : जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा ३ गुणा बढी कैदी बन्दी राखिएका छन्। जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदी बन्दी राख्ने क्षमता भए पनि ६ सय २ राखिएका छन्। जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले  कारागारभित्रका कैदी बन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताउनुभयो।

    विसं १९१३ मा एक बिघा क्षेत्रफलमा निर्माण भएको दशकौँ पुराना सो कारागारको भौतिक संरचना पनि जीर्ण बनेको जनाइएको छ। उहाँले कारागारमा हाल ३८  विदेशी (भारतीय)सहित छ सय दुई कैदी बन्दी बस्दै आएका बताउनुभयो। लामो समयदेखि मर्मत सम्भार नहुँदा कारागारमा वर्षाका समयमा पानी चुहिने, गर्मीको समयमा अत्यधिक गर्मी हुने र जाडोको बेला अत्यधिक जाडो भएर कैदी बन्दीको बसाइ कष्टकर हुने गरेको जनाइएको छ। 

    अहिले कैदी बन्दीलाई सुत्ने, बस्ने, खाने तथा शौचालय र पानीको समेत समस्या हुन थालेको चौकीदार चनरदीप यादवले बताउनुभयो। ती कैदी बन्दीका लागि कारागारभित्र केवल २४  कोठा, १५  शौचालय, ७ ह्याण्डपाइप (कल) र ६ धारा मात्रै छन्। यसले कैदी बन्दीको दैनिक जीवनलाई प्रभावित बनाएको छ।उहाँले कोठा अभावमा कठ्याङ्ग्रिँदो जाडोमा धेरै कैदीबन्दीलाईबाहिर सुत्नुपर्ने , शौचालय जान पालो कुर्नुपर्ने, नुहाउन र पानी लिनका लागि लाइनमा बस्नुपर्ने तथा खुला आकाशमुनि खाना खानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो।

    उहाँले रुघाखोकी, भाइरल ज्वरो लगायतका कैदी बन्दीको जीवन प्रभावित बनेको चौकीदार यादवले बताउनुभयो। उहाँका अनुसार कारागारमा २० गम्भीर प्रकृतिका बिरामी र अन्य विभिन्न स्वास्थ्य समस्या भएका कैदी बन्दी ठाउँ अभावका कारण सँगै खान, बस्न, सुत्न बाध्य छन्। हिउँदमा शीत लहर, चिसो हावा र कठ्याङ्गिँ्रदो जाडोको प्रत्यक्ष मारमा पर्छ भने वर्षा सुरु भएपछि पानी चुहिने र जम्नुको साथै ठुलो वर्षापछि बाढीको चपेटमा समेत पर्ने गरेको जनाइएको छ। सहरी विकास तथा भवन निर्माण विभागले जलेश्वर कारागार कैदी बन्दी बस्न अयोग्य भएको प्रतिवेदन नै बुझाएको बताइएको छ। 

    जीर्ण भौतिक संरचना, क्षमताभन्दा बढी कैदी बन्दीको चाप, स्वास्थ्य खाद्यान्न तथा पानी आपूर्तिको अभाव, नियमित र स्तरीय स्वास्थ्य जाँचको अभाव, खेलकुद तथा मनोरञ्जनको अभावजस्ता समस्याका कारण विभिन्न रोगको समस्या बढ्दै गएको कारागार सुधारसम्बन्धी विगतमा गठित विभिन्न समितिको प्रतिवेदनमा उल्लेख छ। कारागार ऐन, २०१९ मा रोगी, थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने, पागल वा अर्धपागल थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने व्यवस्था रहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ