२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

दश अङ्कले बढ्यो नेप्से, ३ अर्ब ८३ करोडको कारोबार?

images

  • २०८० माघ १४, आइतबार
  • 951
    SHARES
  • दश अङ्कले बढ्यो नेप्से, ३ अर्ब ८३ करोडको कारोबार?

    पछिल्लो ७ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, आज बढेर बन्द भएको हो।

    काठमाडौँ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले  बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १०.३७ अङ्क बढेर २०९४.४६ विन्दुमा बन्द भएको छ। त्यसै गरी, आज फ्लोट इण्डेक्स ०.६१ अङ्क बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अङ्क बढेको छ।

    आज ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत र सामलिङ्ग पावर कम्पनीहरू रहेका छन् भने  हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य ८.७३ प्रतिशत बढेको छ तथा चन्द्रागिरि हिल्लको शेयर मूल्य सर्वाधिक ९.८६ प्रतिशत घटेको छ।

    १३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ जसमा विकास बैङ्क, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने होटेल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ। आज १७३ कम्पनीको मूल्य बढेको छ भने ७० कम्पनीको मूल्य घटेको छ तथा बाँकी ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    त्यसै गरी, कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा ३३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको साढे २३ करोडको शेयर कारोबार भएको छ तथा रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड बढीको कारोबार भएको छ।

    नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७६ करोडको शेयर कारोबार भएको बजारमा आज ३०६ स्टकको १ लाख पटकको कारोबारमा ३ अब ८३ करोड ३७ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार कित्ता शेयर कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ