काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको उपचारको क्रममा निधन भएको छ।
वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला दिलबहादुर थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए। अस्पताल स्रोतका अनुसार मंगलबार दिउँसो २ बजेतिर थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्।



