२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एलओडीका सञ्चालक रुदिल पनि पक्राउ

images

  • २०८० असार २२, शुक्रबार
  • 1.5K
    SHARES
  • एलओडीका सञ्चालक रुदिल पनि पक्राउ

    काठमाडौं : काठमाडौँको ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ परेका छन्।
    नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा उनलाई आज पक्राउ गरिएको हो। यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका थिए। ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुर प्रहरी परिसरले उनीहरूलाई पक्राउ गरेको हो।

    जेठ ३१ गते एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन्। सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले पक्राउ गरेको हो।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ