आज पुस १६ गते नेप्सेमा कारोबार हुने ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रार्थना यी कम्पनीको भोलि अर्थात् पुस १७ गते बुकक्लोज तय गरिएको छ ।
गरिमा विकास बैङ्क : गरिमा विकास बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैङ्कले पुस २९ गते, होटेल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा बिहान ११ बजे आफ्नो १७ औँ वार्षिक साधारण सभा बोलाएको छ।
लुम्बिनी विकास बैङ्क : लुम्बिनी विकास बैङ्कले पुस २६ गते, बिहीबार, अमृत भोग, कालिका स्थान, काठमाडौँमा बिहान ११ बजे आफ्नो १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र करसहित ४।५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
छिमेक लघुवित्त : छिमेक लघुवित्तले पुस २९ गते, आइतबार, होटेल सामनाको सभा हल, मकवानपुर, हेटौँडामा बिहान ११ बजे आफ्नो २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। यस कम्पनीको सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव तय गरिएको छ।
रु रु जलविद्युत परियोजना लिमिटेड : रु रु जलविद्युत परियोजना लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ। जसका लागि कम्पनीले पुस २५ गते बुधवार साधारण सभा बोलाएको हो। कम्पनीको सो सभा लिसरा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुनेछ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी : विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा पुस २६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सुपर मादी हाइड्रोपावर : सुपर मादी हाइड्रोपावरले पुस २८ गते १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ।सभा होटेल इम्पेरियल, बत्तिस पुतली, काठमाडौँमा बिहान ११ बजे डाकिएको छ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।



