२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
जल तथा मौसम

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने, तराईमा हुस्सु र कुहिरो

images

  • २०८० पुस १०, मंगलबार
  • 766
    SHARES
  • आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने, तराईमा हुस्सु र कुहिरो

    काठमाडौँ : पछिल्लो दिन काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिनु भयो। महाशाखाका अनुसार अहिले बिहान पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईमा हुस्स र कुहिरो लागेको छ।

    यस्तै, अहिले बिहान कोसी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत कोसी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने उसले बताएको छ। राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहनेछ। 

    महाशाखाका अनुसार देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ