२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालले स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्दै

images

  • २०८० पुस ६, शुक्रबार
  • 691
    SHARES
  • नेपालले स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्दै

    काठमाडौं : नेपालले युरोपेली मुलुक स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौताको तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्विट्जरल्यान्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो।मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेका अनुसार स्विट्जरल्यान्डसँग फेब्रुअरी पहिलो हप्ता काठमाडौँमा हवाई सेवा सम्झौता हुने सहमतिअनुरुप आवश्यक तयारी गरिएको छ।

    मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि सम्झौताका लागि समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो। महाशाखाका प्रमुख लामिछानेले भने, ‘इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताका लागि समन्वय भइरहेको छ, समय तय गर्न बाँकी छ।’ती दुवै मुलुकसँगको हवाई सम्झौताका लागि हालैको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ। सरकारले छिट्टै रुससँग पनि नयाँ हवाई सेवा सम्झौता गर्दैछ। उक्त प्रयोजनका लागि पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

    यसअघि मंसिर १९ गते नेपाल र रुवान्डा सरकारबीच हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो। यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको संख्या ४१ पुगेको छ। अन्य केही मुलुकसँग पनि हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ