२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार

images

  • २०८० पुस ३, मंगलबार
  • 886
    SHARES
  • हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार

    काठमाडौं : गत मङ्सिर २८ गतेदेखि सोमबारसम्म यहाँ सञ्चालन भएको हस्तकला व्यापार मेलामा दुई करोड रुपैयाँको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ।

    स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्र्ने उद्देश्यले आयोजित मेलामा महासङ्घका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घहरूसमेतको सहभागिता थियो भने मेलामा धातुकला, सुनचाँदीका गरगहना, सुती एवं ढाकाका लुगा, पश्मिना, छालाजन्य सामग्री, प्राकृतिक रेसा, बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्री गरिएको थियो।

    हस्तकलाका वस्तुका करिब एक सय २० वटा विक्री तथा प्रदर्शनी कक्ष राखिएको थियो भने स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई छलफल गरिएको थियो।

    बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने यस क्षेत्रबाट देशमा वैदेशिक मुद्रा आर्जनका लागि टेवा पुगेको बताउँदै हस्तकलाले उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्ने हुँदा यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। महासङ्घका अनुसार नेपाली हस्तकलाका सामग्रीे विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छन्।

    स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार २४ अर्ब रुपैयाँ हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न छन् । वार्षिक १२ अर्ब रुपैयाँ बराबरका सामग्री निर्यात हुने गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ