२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बत्तीस करोडमा बन्यो चाँगुनारायण नगरपालिकाको अत्याधुनिक भवन

images

  • २०८० मंसिर ३०, शनिबार
  • 1.4K
    SHARES
  • बत्तीस करोडमा बन्यो चाँगुनारायण नगरपालिकाको अत्याधुनिक भवन

    भक्तपुर : चाँगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ। नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको हिजो उद्घाटन गर्नुभयो। चाँगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा रु ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण भएको हो।

    त्यस अवसरमा नगरको विकासमा  विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख खत्रीले नयाँ भवनबाट नगरवासीलाई  सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो। नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले रु ३ करोड, केन्द्र सरकारबाट रु ७ करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ