२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
जल तथा मौसम

यस्तो छ आजको मौसम पूर्वानुमान,देशभर चिसो बढ्दै

images

  • २०८० मंसिर २८, बिहीबार
  • 1.2K
    SHARES
  • यस्तो छ आजको मौसम पूर्वानुमान,देशभर चिसो बढ्दै

    काठमाडौं : पछिल्लो दिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईमा हुस्स र कुहिरो लागेको छ।

    आज दिउँसो आंशिक बदली भई कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

    महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ