२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

images

  • २०८० मंसिर २४, आइतबार
  • 631
    SHARES
  • त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

    काठमाडौँ : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ।

    भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको ६ किलो ५ सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो ।

    विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई शनिबार राति पक्राउ गरिएको जानकारी दिनुभयो । कार्यालयले उक्त सुन कारोबारीका सम्बन्धमा अन्य २ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन। कार्यालयले पक्राउ लसिमले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन बरामद गरेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ