काठमाडौं : म्यानमारको सेनाले एक अर्ब डलरको हतियार आयात गरेको छ । सेनाले सन् २०२१ को फेब्रुअरीमा कु गर्दै सत्ता कब्जा गरेयता कम्तीमा एक अर्ब डलरको हतियार आयात गरेको संयुक्त राष्ट्र संघले जनाएको छ ।
म्यानमारले अधिकांश हतियार रूस, चीन र सिंगापुरका कम्पनीहरूबाट आयात गरिएको राष्ट्र संघको प्रतिवेदनमा उल्लेख छ । म्यानमारमा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघका विशेष प्रतिवेदक टम एन्ड्र्युजले बुधबार न्यूयोर्कमा उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
प्रतिवेदनमा ुकूु भएको सन् २०२१ को फेब्रुअरी १ देखि सन् २०२२ को डिसेम्बर २२ सम्म हतियार, दोहोरो प्रयोगको प्रविधि र हतियार निर्माण गर्न प्रयोग हुने सामग्रीहरू समावेश छ ।
प्रतिवेदनका अनुसार रुसी कम्पनीहरुले ४० करोड ६० लाख डलरको हतियार र त्यससँग सम्बन्धित उपकरण, चिनियाँ निकायले २५ करोड ४० लाख डलर र सिंगापुरबाट सञ्चालित निकायले २५ करोड ४० लाख डलरको हतियार बेचेको जनाएको छ । भारत पाँच करोड १० लाख डलर र थाइल्याण्ड २ करोड ८० लाख अमेरिकी डलर बराबरको हतियार बेचेको बताइएको छ ।



