२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चार महिनामा १ सय ६७ वटा घरेलु हिंसाका घटना

images

  • २०८० मंसिर १०, आइतबार
  • 761
    SHARES
  • चार महिनामा १ सय ६७ वटा घरेलु हिंसाका घटना

    मङ्सिर १०, चितवन : चितवन जिल्लामा पछिल्लो ४ महिनामा १ सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिक सम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन। दर्ता भएका निवेदन मध्ये खान लाउन नदिएको सम्बन्धी ४५ वटा, कुटपिट सम्बन्धी ७० वटा र गाली बेइज्जती सम्बन्धी ५२ वटा छन् । 

    कूल निवेदनमध्ये १ सय २८ वटा मिलापत्र भएका छन्। साथै २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४ सय ४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए। आर्थिक वर्ष २०७९/८० मा यो सङ्ख्या ३ सय ९५ थियो। निवेदन मध्ये सबैभन्दा धेरै कुटपिट सम्बन्धी उजुरीरहेको उहाँले जानकारी दिनुभयो।
     
    यस्तै, कार्यालयको तथ्याङ्क अनुसार चालु आवको कात्तिक सम्ममा १६ वटा जबर र्जस्ती करणीका उजुरी दर्ता भएका छन्। यस्तै, २ वटा जबर र्जस्ती करणी उद्योग सम्बन्धी, १३ वटा बाल यौन दुव्र्यवहार सम्बन्धी, एउटा अप्राकृतिक मैथुन सम्बन्धी, ४ वटा बहुविवाह र एउटा बालबिबाह सम्बन्धी उजुरी दर्ता भएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ