२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर, २ वर्षको कैदको सजाय हुने

images

  • २०८० मंसिर ७, बिहीबार
  • 1.3K
    SHARES
  • प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर, २ वर्षको कैदको सजाय हुने

    मङ्सिर ७, काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई जिल्ला अदालत काठमाण्डौले दोषी ठहर गरेको छ।

    आज बिहीवार जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले छ जनालाई दोषी ठहर गर्दै कैद र जरिबानाको फैसला गरेको हो।दोषी ठहर भएका रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाई २० हजार रुपैयाँ जरिबाना र २ वर्षका दरले कैद सजायको फैसला भएको छ।

    यस्तै, चलाउनेले दाबी गरेको उपचार खर्चबापतको २८ लाख १७ हजार ५ सय ९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ। उनीहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

    २०७७ सालको असोजमा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि नेपाल विद्यार्थी सङ्घको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले आक्रमण गरेको थियो। उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा गम्भीर चोट लागेको थियो।

    प्रहरीले आचार्य, रावल लगायतमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। आरोपीहरू जिल्ला अदालत काठमाण्डौको आदेशमा धरौटीमा छुटेका थिए। ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला अदालत काठमाण्डौमा विचाराधीन रहेको अवस्थामा गृह मन्त्रालयको प्रस्तावमा सरकारले आरोपीहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय लिएको थियो।

    मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएपछि सर्वोच्चले मुद्दा अघि बढाउन आदेश दिएको थियो । चलाउनेले ढिलै भए पनि न्याय पाएको भन्दै खुशी व्यक्त गर्नुभएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ