मङ्सिर ७, काठमाडौं : बिहीबार बिहान मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूइँचालोको धक्का काठमाडौं, मकवानपुर, धादिङ लगायतका जिल्लामा महशुस गरिएको केन्द्रले जनाएको छ। मध्यरातमा भूकम्प जाँदा काठमाडौं, मकवानपुर लगायतका क्षेत्रमा कतिपय मानिस घरबाहिर निस्किएका थिए।



