२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नक्कली नोटसहित काठमाडौँबाट दुई महिला पक्राउ

images

  • २०८० मंसिर ५, मंगलबार
  • 746
    SHARES
  • नक्कली नोटसहित काठमाडौँबाट दुई महिला पक्राउ

    मङ्सिर ५, काठमाडौं : नक्कली नेपाली नोटसहित दुई जना महिला काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शङ्खरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुङ्गा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैयाँ कुमारी घिमिरे रहेका छन्। सिर्जनाको साथबाट १ हजार दरको १४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ।
     
    सिर्जना र मैयाँ कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शङ्खरापुर नगरपालिका–७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैयाँ कुमारीलाई बूढानीलकण्ठ नगरपालिका–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ