२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दुई भारतीय नागरिक अवैध सुनसहित पक्राउ

images

  • २०८१ पुस ८, सोमबार
  • 1.1K
    SHARES
  • दुई भारतीय नागरिक अवैध सुनसहित पक्राउ

    काठमाडौँ : अवैध सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। आइतबार धनगढी नगरपालिका–३ मा जाँचका क्रममा भारतीय नम्बरप्लेटको गाडीबाट ५ सय ४९.२०० ग्राम सुन बरामद भएपछि उनीहरू पक्राउ परेका हुन्।

    पक्राउ परेका व्यक्तिहरूमा उत्तर प्रदेशको मोहला बजार–२, पलियाकला खिरी निवासी ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गाडीको शंका लागेपछि जाँच गर्दा उक्त सुन फेला परेको हो।

    हाल प्रहरीको नियन्त्रणमा रहेका ती दुईमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ