२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बागलुङमा पहिरोको वितण्डा : तीन दिनमा १२ जनाको मृत्यु, एक बेपत्ता

images

  • २०८३ असोज १३, मंगलबार
  • 206
    SHARES
  • बागलुङमा पहिरोको वितण्डा : तीन दिनमा १२ जनाको मृत्यु, एक बेपत्ता

    बागलुङ : पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

    ताराखोला गाउँपालिका –५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दि ।


    पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उनले बताए। यसअघि शनिबार पनि ताराखोलामै एक जनाको मृत्यु भएको थियो। बाढीपहिरोमा परी ताराखोलामा मात्रै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

    आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ